अब निधीले कसलाई सघाउने ? यस्तो छ उनको प्रतिक्रिया


काठमाडौं । नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनावमा आफूले प्रकाशमान सिंहसँग सल्लाह गरेर आवश्यक निर्णय लिने बताएका छन् ।

पहिलो चरणको चुनावमा देउवाले ५० प्रतिशत मत प्राप्त गर्न असफल भइसकेकाले प्रकाशमान र विमलेन्द्रको मत निर्णायक हुनेछ । त्यो अवस्थामा देउवालाई सघाउने कि शेखरलाई भन्नेबारे निधिले सिंहसँग सल्लाह गर्ने बताए ।

‘प्रकाशमानजीसँग सल्लाह गर्छु,’ निधिले भने, ‘प्रकाशमानजीसँग सल्लाह भएर नै केही गर्छौं ।’ यसअघि विमलेन्द्र निधिले दोस्रो चरणमा शेरबहादुरलाई नसघाउने बताएका थिए ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ