सभापतिमा निर्वाचित हुन देउवालाई ८२ मत पुगेन, हेर्नुस् कसले कति मत ल्याए


काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।

जम्मा ४५७९ मत गणना हुँदा सभापतिका उमेदवार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७२९ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुनका लागि कुल खसेको मतको पचास प्रतिशत मत प्राप्त गर्नु अनिवार्य छ । तर कुनै पनि उमेदवारको पचास प्रतिशत मत नआउँदा दोस्रो चरणमा जान लागेको हो । जसमा देउवालाई ८२ मत पुगेन भने कोइरालालाई ६११ मत अगुग भएको छ ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ