सभापतिमा निधिको समर्थन पनि देउवालाई


काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गरेका छन् । देउवाले निधिलाई उनकै निवासमा पुगेर भेट्दै समर्थनका लागि आग्रह गरेका थिए ।

संवादपछि निधिले पनि देउवालाई समर्थनको प्रतिबद्धता जनाएका छन् । निधिको सचिवालयले औपचारिक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउने बताएको छ ।

यसअघि प्रकाशमान सिंहले देउवालाई समर्थन गरिसकेका छन् । निधी र सिंहले समर्थन गरेका कारण सभापतिमा अब देउवाको जित लगभग निश्चित भएको छ ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार १२:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ