गाउँपालिका उपाध्यक्ष चौधरी : हिजो एमालेमा प्रवेश गरिन्, आज भनिन्- जसपामै छु


वीरगञ्ज । सोमबार जनता समाजवादी पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेकी सखुवा प्रसौनी गाउँ पालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरी मंगलबार पुन: जसपामा फिर्ता भएकी छन् ।

जसपा पार्टीसँग असन्तुष्टि जनाउँदै एमाले प्रवेश गरेकी चौधरी पद गुम्ने डरले पुन: आफ्नो पुरानो घर जसपामै फर्केकी स्रोतले जनाएको छ । संविधानसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताको नेतृत्वमा चौधरीले सोमबार काठमाडौँस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर पार्टी प्रवेश गरेकी थिइन ।

उनले जसपा पार्टीले मधेसी शहिदहरुको लाश माथि राजनीति गर्ने गरेको केपी ओली अगाडी आरोप समेत लगाएको त्यहाँ उपस्थित एक नेताले बताए । स्रोतका अनुसार जसपाका नेताहरुले उनालाई फोन गरेर उपाध्यक्ष पद गुम्नेदेखि कानुनन कारवाहीसमेत गर्ने धम्की दिएपछि उनि आज पुन: जसपामा फिर्ता भएकी हुन् ।

चौधरीले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै आफु जसपामै रहेको स्पष्टोक्ति दिएकी छिन् । उनले गाउँपालिकाको विकास सम्बन्धमा नेकपा अध्यक्ष ओलीसँग भेट गरेको विषयलाई पार्टी प्रवेश गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारप्रति आपत्ति सेमत जनाएकी छिन् ।

तर, उनी जसपा त्याग गर्छु भनेर आफ्नो श्रीमानसँगै नेता गुप्ताको नेतृत्वमा ओली निवास पुगेकी थिइन् स्रोतको दावी छ । विज्ञप्तिमा चौधरीले आफु जसपाप्रति बफादार रहेर काम गरिरहेको र काम गरिरहने उल्लेख गरेकी छन् ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ