काँग्रेस महाधिवेशन: कहाँ गायब भए ११६ मतदाता ?


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदानमा चार हजार ७४३ मतदातामध्ये ४ हजार ५६३ जनाले मतदान गरेका छन् ।

यो संख्या हिजोभन्दा ११६ मत कम हो । पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । केही महाधिवेशन प्रतिनिधिहरु घर फर्किएकाले पनि यो संख्या कम भएको बताइएको छ ।

निर्वाचन समितिले अबको केही बेरमै मतगणना हुने जानकारी दिएको छ । राष्ट्रिय सभा गृहमै मतदान हुनेछ। बाँकी पदको मतगणना भने बिहीबारदेखि पार्टी कार्यालय सानेपामा हुने बताइएको छ ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार २२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ