सिंहले फेसबुकमा दिए देउवालाई बधाइ, गालीको डरले बन्द गरे कमेन्ट सेक्सन


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो फेसबुकको कमेन्ट गर्न नमिल्ने बनाएर सभापति निर्वाचित शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।

नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउवालाई समर्थन गर्ने भएपछि उनीलाई सामाजिक सञ्जाल र मिडियाले नैतिकता बेचेको आरोप लगाउँदै विभिन्न कमेन्ट गरेपछि उनले फेसबुकको कमेन्ट सेक्सन नै अफ गरेका हुन् ।

सभापितका उम्मेदवार भएका सिंहले देउवालाई समर्थन गरेपछि सभापतिमा देउवा निर्वाचित भएका थिए । सभापतिका अर्का उम्मेदबार बिमलेन्द्र निधीले पनि देउवालाई समर्थन गरेपछि सामाजिक संजालमा गाली खाएका छन् ।

प्रकाशित : २०७८ मंसिर २९, बुधबार १२:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ