जनकपुरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र मेडिकल स्टोर भवनको शिलान्यास


जनकपुरधाम । स्वास्थ्य क्षेत्रका लागि अत्यावश्यक दुई परियोजनाको शिलान्यास आज जनकपुरधाममा सम्पन्न भएको छ । प्रदेश सरकारको समन्वय तथा संघीय सरकारको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास सम्पन्न भएको हो ।

कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको समुदघाटन गरिएको छ । जनकपुर उपमहानगरपालिका १४ मुजेलिया स्थित ग्रामीण प्रशिक्षण केन्द्र हाता भित्र निर्माण हुन लागेको उक्त भवनहरुको संघीय शहरी विकास मन्त्री रामकुमारी झाँक्री, मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

उनीहरुले सोही परिसरमा निर्मित खोप भण्डारण गृहको उद्घाटन समेत गरेका हुन् । ७ करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढेतीन तल्ले भवन २०८० साल बैशाख ९ गते भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने चार करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोर समेत डेढ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

उद्घाटन तथा शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले शिलान्यास गरिएका भवनहरु तीनै तह बीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताए । उनले स्रोत साधनको आभावमा समेत कोभिड १९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गर्नु हुँदै नयाँ भवन निर्माण पछि प्रयोगशाला थप सशक्त हुने विश्वास व्यक्त गरे ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय सहरी विकास मन्त्री रामकुमारी झाँक्री, समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतो सहितका वक्ताहरुले सम्बोधन गरेको थियो ।

प्रकाशित : २०७८ मंसिर २९, बुधबार १२:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ