अब उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाबाटै पेशी तोक्ने


काठमाडौं । सर्वोच्च अदालतले देशभरका उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथा प्रक्रियाबाटै पेशी तोक्ने तयारी सुरु गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेक सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले उच्च तथा जिल्ला अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको हो । यसका लागि नियमावली संशोधन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिइएको सर्वोच्चको स्रोतले जानकारी दियो ।

न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा माघको पहिलो सातादेखि गोला प्रक्रिया शुरु गर्न सकिने अनुमान गरेका छन् । पेशी तोक्न गोला प्रक्रियाका लागि उच्च अदालत र जिल्ला अदालत नियमावलीमा गर्नुपर्ने संशोधनका बारेमा न्यायाधीशहरुले पूर्ण बैठकका क्रममा छलफल गरेका थिए।

प्रकाशित : २०७८ मंसिर २९, बुधबार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ