काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी, गच्छदार २ मतले पराजित


काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । १४ औं महाधिवेशनबाट खड्का र गुरुङले क्रमसः २१२१ र १९०८ मत प्राप्त गरे ।

उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त गरे । उनी नवनिर्वाचित सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदबार बनेका थिए ।

यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् । उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त गरेका छन् । सुजाता प्रकाशमान सिंह समुहका उम्मेदबार थिइन् ।

प्रकाशित : २०७८ पुष १, बिहीबार ०५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ