राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान


काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन प्रयोजनका लागि आज (पुस १ गते)देखि १० गतेसम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्नुपर्ने छ ।

निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने छ । सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन टूट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम छ ।

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिने भएकाले रिक्त हुने पदका लागि निर्वाचन गर्न लागिएको हो । एक जना मनोनित बाहेक १९ पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : २०७८ पुष १, बिहीबार ०९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ