रक्षामन्त्री रिजालले दिए राजीनामा, यस्तो छ कारण


काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले जम्मा २१ मत पाएका थिए । जबकि उनकै प्यानमा रहेका गगन थापाले ७० मत पाएका थिए ।

राजिनामा घोषणा गरिसकेका रिजालले दिउसो ४ बजे पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ । पछिल्लो परिणामअनुसार रिजाले डाक्टर राजाराम कार्कीलाई मात्रै उछिनेका छन् ।

प्रकाशित : २०७८ पुष १, बिहीबार १४:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ