सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न ३१ करोड अनुदान


जनकपुरधाम । प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्नका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ३१ करोड अनुदान दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले पुष्टि गरे ।

उनले अनुदान रकमले विश्वविद्यालयको भौतिक संरचना निर्माण हुनेछ । सरकारले कृषि विश्वविद्यालयका उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरिसकेको छ । सरकारले अध्यादेश मार्फत कृषि विश्वविद्यालय स्थापना गरेको छ । उक्त अध्यादेश हिजो मात्र सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरे ।

यस्तै मन्त्रिपरिषद्को बैठकले प्रत्येक जिल्लामा रहेको जिल्ला अस्पतालहरूको स्तर वृद्धि गरी प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता साहले जानकारी दिए । उनका अनुसार बैठकले बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम अन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गर्दै आएको सो कार्यक्रम सामाजिक विकास मन्त्रालय मातहत सञ्चालन गर्ने यसअघिको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने भएको छ । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालन भएको बेटी पढाऊँ तथा बेटी बचाऊँ कार्यक्रम बन्द अवस्थामा रहेको छ ।

प्रकाशित : २०७८ पुष १, बिहीबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ