राजविराज कारागारका एक कैदीको मृत्यु


जनकपुरधाम । राजविराज कारागार, सप्तरीका एक कैदीको मृत्यु भएको छ । अन्दाजी ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

पेट दुखेपछि खतिवडालाई उपचारका लागि निजी क्लिनिक लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएका उनको अस्पतालमा मृत्यु भएको हो ।

चिकित्सकले हृदयघातबाट खतिवडाको मृत्यु भएको बताएको जेलर सुमन कोइरालाले बताए । खतिवडाको शव अहिले अस्पतालमै राखिएको छ । सुनसरीको दुहबी ४ का खतिवडा कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार १५:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ