कांग्रेसको प्रदेश २ अधिवेशन पुस ६ र ७ मा गर्ने निर्णय


काठमाडौं । नेपाली कांग्रेसको स्थगित प्रदेश २ को प्रदेश अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय भएको छ । केही जिल्लामा अधिवेशन नभएपछि रोकिएको प्रदेश २ अधिवेशको नयाँ मिति तोकिएको हो ।

निर्वाचन समिति सदस्य सिताराम केसीका अनुसार निर्वाचन समितिले मंगलबार र बुधबार गर्ने तय भएको अधिवेशनका लागि तयारी थालिसकेको जानकारी दिए । प्रदेश २ का सर्लाही, महोत्तरी, रौतहट र बारामा क्षेत्रीय अधिवेशन समयमै नहुँदा प्रदेश अधिवेशन रोकिएको थियो ।

प्रदेश अधिवेशनको उद्घाटनसत्र भने जनकपुरधाममा सम्पन्न भइसकेको छ । तर केहि जिल्लामा देखिएका विवादका कारण प्रदेश २ को अधिवेशनको उद्घाटनसत्र पछिका कार्यक्रम तत्काल स्थगित गर्ने निर्णय नेताहरुले गरेका थिए ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ