माओवादीको लहान नगर अध्यक्षमा यादव निर्वाचित


टुडेखोज, सिरहा । नेकपा माओवादी केन्द्र लहान नगरपालिकाको अध्यक्षमा हेमन्त यादव निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा १ सय मत ल्याएर माओवादीको लहान नगर अध्यक्षमा यादव विजयी भएका हुन् । उनले विजय गुप्तालाई पराजित गरेका छन् । गुप्ता पनि सम्मानित ९३ मत प्राप्त गरेको बुझिएको छ ।

अध्यक्षमा निर्वाचित यादव लहान नगरपालिका २१ का वडाध्यक्ष पनि हुन् । विद्यार्थी कालदेखि नै उनी राजनीतिमा सक्रिय छन् । उनी ईमानदार भएकै कारण राजनीतिमा सफल भइरहेका छन् ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ