कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । प्रदेश २ को महिलातर्फ यादव निर्वाचित भएकी हुन् ।

कुल ४ हजार ६६२ मत खसेकोमा यादवले २ हजार ७३१ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी गिता चौधरीले १ हजार ८८५ मत पाएकी छन् । निर्वाचित यादव सिरहाकी हुन् ।

यादव पुर्व शिक्षामन्त्री पनि रहेकी छन् । प्रदेश २ को खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार २१:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ