सप्तरीमा गाँजा फडानी तीब्र, एक महिनामै ५ हजार बोट नष्ट


सप्तरी । सप्तरीमा अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको प्रहरीले एक महिनामा ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ ।

मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो । अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिएका छन् ।

जिल्ला प्रहरीको मातहतका इलाका प्रहरी कार्यालयबाट खटिएका टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको काफ्लेको भनाइ छ । लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भनि जनगुनासो बढदै गएपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको हो ।

सप्तरीमा व्यवसायिक रुपमा गाँजा खेती नगरिए पनि लुकिछिपी करेसा बारीमा ठूलो संख्यामा गाँजाको बोट लगाएको भेटिएको प्रवक्ता काफ्लेको भनाइ रहेको छ ।

प्रकाशित : २०७८ पुष ३, शनिबार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ