माओवादी प्रदेश २ अधिवेशनको बन्दसत्र स्थगित, यस्तो छ कारण


जनकपुरधाम । नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन अन्तर्गत आजबाट सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ ।

बन्दसत्र भोली ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादीका प्रदेश ईन्चार्ज प्रह्लाद बुढाथोकीले जानकारी दिए । केहि पालिकाको प्रतिनिधि चयनमा विवाद देखिएकाले बन्दसत्र स्थगित गर्नुपरेको उनले बताए ।

विवाद देखिएको ठाउमा सहमती जुटाउने प्रयास गरिरहेका नेताहरुले बताएका छन् । बन्दसत्रमा सहभागी हुन प्रदेशभरका हजारौं प्रतिनिधि र नेताहरु लालबन्दी पुगेका छन् । तर बन्दसत्र स्थगित भएपछि उनीहरु अलपत्र परेको बुझिएको छ ।

मंसिर २५ मा जनकपुरधाममा प्रदेश अधिवेशनको उद्घाटन सम्पन्न भएपनि धेरै पालिकामा प्रतिनिधि चयन नभएका कारण बन्दसत्रको समय आजका लागि तोकिएको थियो ।

प्रकाशित : २०७८ पुष ३, शनिबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ