सिरहामा छुरा हानाहान: एक यूवकको मृत्यू, एक घाइते


टुडेखोज, सिरहा । गोलबजार नगरपालिका ६ मा शनिवार सांझ दुई समूहबिच छुरा हानाहानमा भएपछि एक युवकको मृत्यु भएको छ भने एक जना भाइते भएका छन् ।

छुरा प्रहारबाट घाइते भएका गोलबजार ६ डोहटियाका करिव २६ वर्षिय रामकुमार सदाको मृत्यू भएको हो । उनलाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षिय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ । गोलबजार प्रहरीले घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ पुष ३, शनिबार २१:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ