सिरहाको गोलबजार तनावग्रस्तः छु’रा प्रहार घटनाको विरोधमा राजमार्ग अवरुद्ध


जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–६ डोहटियामा छु’रा प्रहारबाट एकजनाको ह’त्या र एक जनालाई घाइते बनाएको घटनाको विरोधमा स्थानीय आन्दोलित भएका छन् । डोहटिया टोलका बासिन्दा गोलबजार आएर पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका हुन् ।

उनीहरु ईलाका प्रहरी कार्यालय गोलबजार अगाडी र राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरु बजारसमेत बन्द गराउँदै हिँडेका छन् । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका हुन् ।

शनिवार राति घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छु’रा प्रहार गरेका थिए । छात्तीमा छु’रा लागेका रामकुमारको मृत्यु भएको छ ।

घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । उनको अबस्था पनि गम्भीर छ । घटनामा संलग्नको पहिचान हुन नसकेको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।

प्रकाशित : २०७८ पुष ४, आईतवार ०९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ