सिरहामा राजमार्ग अबरूद्ध, हजारौं सवारी र यात्रु अलपत्र


जयनाथ यादव, लहान । छु’रा प्रहार गरी एक जनाको ह’त्या र एक जनालाई घाइते बनाएको घटनाको विरोधमा स्थानीय आन्दोलित बनेका छन् ।

आन्दोलन अन्तर्गत पूर्व-पश्चिम राजमार्ग अबरूद्ध गरेपछि हजारौं सवारी र यात्रु अलपत्र परेका हुन् । टायर बालेर आन्दोलनकारी राजमार्ग अबरूद्ध गरेपछि विहान ८ बजेदेखि नै पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व कुनै सवारी जान पाएका छैन् ।

डोहटिया टोलका बासिन्दा गोलबजार आएर घटनाको विरोधमा पूर्व-पश्चिम राजमार्ग अबरूद्ध पारेको प्रहरीले जनाएको छ । तर आन्दोलनकारीसंग वार्तागरी राजमार्ग खुलाउन अहिलेसम्म कुनै पहल प्रशासनले गरेका छैन् ।बजार समेत बन्द गराइएको छ ।

घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको नि:शुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्ती सहितको माग राखेर डोहटियाका मुसहर समुदाय गोलबजारमा प्रदर्शन गरिरहेका छन् ।

शनिवार सांझ गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छु’रा प्रहार गरेका थिए । रामकुमारको मृत्यू भएको छ भने घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पताल भइरहेको छ ।