राष्ट्रिय दलित मुक्ति जागरण अभियान सिरहाको अध्यक्षमा शशिमित्रा


लहान । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको सिरहा जिल्ला अध्यक्षमा शशिमित्रा ऋषि माझी मुसहर चयन भएकी छन् । सिरहाको कल्याणपुर नगरपालिका १, अर्नमामा आयोजित जिल्लास्तरिय भेलाबाट उनको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।

जिल्ला अध्यक्षमा महिला युवा नेत्री शशिमित्रा ऋषि माझी मुसहरलाई चयन गरिएको छ भने जिल्ला उपाध्यक्षमा नेनीलाल राम, सचिवमा सुरेन्द्र महरा, कोषाध्यक्षमा महेन्द्र मलिक डोम, यस्तै सदस्यहरुमा रामपरिक्षण साफी, सियाराम पासवान, गुलावदवी राम, सितादेवी मलिक, मुकेश मलिक, गुगलीदेवी राम, पवित्री महरा, रामप्रसाद मण्डल, रामुदगार सदा, दलु बाँतर लगायतका छन् ।

स्थानीय तह नछाड्नेगरी हरेक पालिकाबाट दुईजना अनिवार्य पर्नेगरी जिल्ला जागरण कमिटी गठन भएको छ । जिल्ला पदाअधिकारी र छुटेका स्थानीय तहलाई पछि समेट्नेगरी समावेशी कोटा खाली राखिएको कार्यक्रममा अतिथिको रुपमा उपस्थित डाक्टर दिलीप सदाले जानकारी दिए ।

सियाराम पासवानको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी ईन्चार्ज राजेश विद्रोहीले दलित समस्याको तत्कालीन समस्या र एकता कसरी हुने बारेमा प्रशिक्षणात्मक मन्तव्य सहित पदाअधिकारी सम्पूर्ण टिमलाई शुभकामना दिएका थिए भने अतिथिहरु साहित्यकार नन्दलाल आचार्य र डाक्टर दिलीप सदा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ