नेपाल जेसीज २०२२ को राष्ट्रिय उपाध्यक्षमा मनोज कुमार साह निर्वाचित


टुडेखोज, जनकपुरधाम । नेपाल जेसीज वर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा मनोज कुमार साह निर्वाचित भएका छन् । उनी जनकपुर जेसीजका वर्तमान अध्यक्ष पनि हुन् ।

कुल १ हजार २६८ मध्ये ९६४ मत ल्याएर नेपाल जेसीज वर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा साह निर्वाचित भएको जनकपुर जेसीजसँग आवद्ध इन्जिनियर दिपक यादवले जानकारी दिए ।

विधान अनुसार नेपाल जेसीजमा १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् । तर १९ जना उम्मेदवार थिए । जसमध्ये साह सर्वाधिक तेस्रा स्थान ल्याउन सफल भएका छन् ।

राष्ट्रिय उपाध्यक्षमा निर्वाचित उनलाई हजारौं यूवाले सामाजिक सञ्जालमा बधाई दिएका छन् । अमुल्य मत दिएर विजयी गराउने सम्पूर्ण जेसीलाई नवनिर्वाचित उपाध्यक्ष साहले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ