दासको ह’त्याबारे सनसनीपूर्ण अडियो सार्वजनिक


काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको ह’त्याबारे सनसनीपूर्ण अडियो सार्वजनिक भएको छ ।

घटनाका बारेमा दाइ पात्रलाई जानकारी गराउदै आपसी झडपका क्रममा खुकुरी प्रहार गर्दा दासको टाउको र शरीर अलग भएको फोनमा बोल्ने युवाले जानकारी गराएको अडियोमा सुनिन्छ । ह‘’त्यापछि शव गाउँको जंगलमै रहेको र एक दुई दिनमा गाउँलेले जानकारी पाउने पनि फोनमा बोल्ने युवाले बताएका छन् ।

घटनापछि आफूहरु भारतको बैंगलोरका लागि रवाना भएको र अहिले रुपडिया पुगिसकेको जानकारी गराएका छन् । फोनमा बोल्ने दाइ पात्र र जानकारी गराउने युवाको नाम र पहिचान भने अडियोमा खुल्दैन । स्थानीय युवा दासको टाउको का’टेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार शव भेटिएको थियो ।

हत्यापछि कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको बताइएको छ । घटना रहस्यमीय देखिएको छ ।

अर्जुन दास गाउँमै मजदुरी गर्थे । उनको बुवा–आमा भारतमा बस्छन् । उनी पत्नी र दुई वटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए । प्रहरीले यसबारेमा अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १४:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ