कांग्रेसका नगर उप-सभापति बला’त्कार आरोपमा पक्राउ


जनकपुरधाम । पछिल्लो समय बला’त्कारको घटना बढेको छ । आईतवार नेपाली काँग्रेसका एक नेतालाई नै प्रहरीले बला’त्कार आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा किरण घिमिरे छन् । उनी नेपाली काँग्रेस रुपन्देहीको सिद्धार्थनगर उपसभापति एवम् वडा नम्बर ७ का वडा सदस्य रहेको बताइएको छ ।

बला’त्कार आरोपमा उनी पक्राउ परेपनि प्रहरीले औपचारिक रुपमा बोलेको छैन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट पक्राउ गरेको प्रहरीले घटनाको अनुसन्धान जारी रहेका कारण केही भन्न नमिल्ने जनाएको छ ।

अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए । उनी गृहमन्त्री बालकृष्ण खाँणसँग नजिक भएकै कारण प्रहरीले समेत विषय लुकाउन खोजेको छ ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १५:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ