गोलबजारमा म्याजिकको ठक्करबाट बालिका गम्भीर, विराटनगर रेफर


टुडेखोज, लहान । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा म्याजिक गाडीको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् ।

राजमार्ग क्रस गर्ने क्रममा म्याजिकले ठक्कर दिएपछि गोलबजार नगरपालिका ४ का उतिमलाल राउतकी १३ वर्षीया छोरी सिता राउत घाइते भएकी हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाईते बालिका सितालाई तत्कालै उद्धार गरी उपचारका लागि भुमिजा हस्पिटलमा लगिएको थियो । तर अबस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारले ठक्कर दिने म्याजिकलाई नियन्त्रणमा लिएको छ । चालक भने फरार भएका छन् । उनको समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ