काँग्रेसमा सर्वाधिक लोकप्रिय बने सशांक कोइराला


काठमाडौं । नेपाली काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा डा. सशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले पहिलो स्थानमा रहँदा ३८३६ अर्थात् खसेको मतमध्ये ८२ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए ।

सशांक १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए । शेरबहादुर देउवाले सभापति जित्दा पनि उनी तत्कालीन रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार बनी लोकप्रीय मतसहित निर्वाचित भएका थिए । यसपटक पनि सशांकको लोकप्रीयतामा कमी देखिएन ।

काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका कान्छा पुत्र सशांक सभापतिका आकांक्षी थिए । तर, यसपटक उनी ब्याक भए ।कुनैपनि समूहमा नखुलेका सशांक तटस्थ रहँदा शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको प्यानलमा परे । यसकारण पनि उनको सर्वाधिक मत आयो ।

काँग्रेसमा महिला र समावेशीतर्फको केन्द्रीय सदस्यको मतगणना बाँकी रहेपनि सशांकको जति मत कसैले पनि ल्याउन नसक्ने निश्चितप्रायः छ । उनी सर्वाधिक मत ल्याएर काँग्रेसमा सबभन्दा लोकप्रिय रहेको सन्देश दिएका छन् ।

प्रकाशित : २०७८ पुष ५, सोमबार ०७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ