महोत्तरी: मेयर साहले नगरपालिकाको नाममा करोडौंको जग्गा पास गरे, भवन निर्माण हुने


टुडेखोज, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले करोडौं मूल्य बराबरको जग्गा दान गरेका छन् ।

नगरपालिकाको भवन निर्माणका लागि मेयर साहले जग्गा दान गरेका हुन् । उनले आफ्नी आमा फुल्ली सुडीको नाममा वडा नम्बर ५ मा रहेको १० कठ्ठा १९ धुर जग्गा आइतबार नगरपालिकाको नाममा पास गरेका छन् ।

केहि दिनअघि मेयर साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै नगरपालिका कार्यालयको लागि जग्गा दिने घोषणा गरेका थिए । दान गरेको सो जग्गाको हालको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ छ ।

प्रकाशित : २०७८ पुष ५, सोमबार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ