सर्लाहीमा ट्रकले विद्यार्थी यादवको ज्यान लियो, विरोधमा प्रदर्शन


सर्लाही । लालबन्दीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सोमबार पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका ९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका(१, रतनपुर निवासी १७ वर्षका दीपेन्द्र यादवको मृत्यु भएको हो ।

ट्यूसन पढ्न हिँडेका यादवलाई ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो । उनी लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए ।

बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले टायर बालेर अवरूद्ध गरेका छन् ।

प्रदर्शनकारीलाई सम्झाइ-बुझाइ गरेर सडक खुलाइएको प्रहरीले बताएको छ । घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७८ पुष ५, सोमबार १२:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ