डा. सीके राउतले सिरहा प्रहरीमाथि लगाए गम्भीर आरोप, महाविद्रोहको चेतावनी


टुडेखोज, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले सिरहाको गोलबजारमा छुरा प्रहारबाट एक दलित युवकको ज्यान लिनेलाई पक्राउ गर्न नसकेको प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् ।

शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको थियो भने रिपेश सदाय घाईते भएका छन् । धनगढीमाई नगरपालिकामा पर्ने आरके मेडिसिटीमा उपचाररत रिपेशसँग भेटघाट पश्चात डा. राउतले प्रहरीमाथि गम्भीर आरोप लगाएका हुन् ।

छुरा प्रहार गर्ने व्यक्ति सत्ताधारी पार्टी निकट भएकाले प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेको गम्भीर आरोप डा. राउतको छ । उनले दोषीलाई तुरन्त कारबाहीको दायरामा ल्याउन प्रशासनसँग माग समेत गरेका छन् ।

डा. राउतले सामाजिक सञ्जालमा दलितमाथि दमन भइरहे महाविद्रोहको चेतावनी समेत दिएका छन् । न्यायका लागि आन्दोलन गर्दा प्रहरीले दमन गरेको विषयमा उनले भनेका छन्- यदि तीनै तहको सरकारले गरीब दलित निमुखा अल्पसंख्यकहरूलाई यसरी नै फसाउने र दमन गरिराख्ने हो भने यसले महाविद्रोहको रूप लिन सक्छ ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १२:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ