चिट चोर्न नदिएपछि विद्यार्थीले शिक्षक पिटे : परीक्षा स्थगित, शिक्षकहरु आन्दोलित


काठमाडौ । रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् ।

कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको अनलाइनखबरलाई बताए । कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ । विद्यार्थीले शिक्षक कुटेको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ पनि बन्द गर्ने निर्णय गरेका छन् । कुटपिट गर्ने विद्यार्थीलाई कारबाही गर प्राध्यापकको उपचार गर्न उनीहरुको माग छ ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १३:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ