मोडल कलेजको होस्टलमा विद्यार्थी मृत भेटिए


काठमाडौं । बागबजारको काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले विद्यार्थी सहनी मृत भेटिएको विषयमा अनुसन्धान भइरहेको बताए । उनका अनुसार, मृतकको परिवारलाई काठमाडौं बोलाइएको छ । ‘परिवारले जाहेरी दिएपछि पोष्टमार्टमका लागि शव पठाउँछौं’ उनले भने ।

शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । उनी कक्षा ११ मा अध्ययरत थिए । घटनापछि विद्यार्थीहरु चिन्तित बनेका छन् ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १३:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ