कांग्रेसको मधेसी कोटाबाट अर्वपति विनोद चौधरीसहित ५ जना निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको खुला मधेसीतर्फ केन्द्रीय सदस्य पदमा ५ जना निर्वाचित भएका छन् । मंगलबार दिउँसो सम्पन्न मतगणनामा अर्वपति विनोद चौधरीसहित ५ जना निर्वाचित भएका हुन् ।

२ हजार ५२२ मतसहित पार्टीको तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् । ४ हजार ६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका समानुपातिक सांसद चौधरीले २ हजार २०६ मत प्राप्त गरेका छन् । तेस्रोमा चन्द्रमोहन यादवले २ हजार १३८, महेन्द्र कुमार यादवले १ हजार ९८४ र पाँचौंमा दिनेश कुमार यादवले १ हजार ९५९ मत प्राप्त गरेका छन् ।

धनुषा घर भएका चन्द्रमोहन पूर्वराष्टपति डा. रामवरण यादवका छोरा हुन् । नेपाली काँग्रेसको खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १४:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ