माछालाई दाना खुवाउन पोखरी पसेका चौधरीको डुबेर मृत्यू


टुडेखोज, राजविराज । माछालाई दाना खुवाउन पोखरी पसेका एक व्यक्तिको डुबेर मृत्यू भएको छ । मृत्यू हुनेमा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका २ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी छन् ।

आफ्नै माछापोखरीमा डुबेर सोमबार साँझ चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । दाना हाल्न पोखरी गएका चौधरी घर नफर्केपछि आफन्तजनहरुले खोज्ने क्रममा शव फेला पारेको उनको भनाई छ ।

चौधरीको शव कानुन बमोजिम मुचुल्का उठाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ