काँग्रेस प्रदेश २ महामन्त्रीमा नरेश यादवले दिए उम्मेदवारी


टुडेखोज, जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ को महामन्त्रीमा साँसद नरेश यादव उम्मेदवारी दर्ता गराएका छन् । सिरहा घर भएका यादव अहिले प्रदेश २ का साँसद पनि हुन् ।

सभापतिमा उम्मेदवारी दिएका रामसरोज यादवको प्यानलबाट उनले महामन्त्रीको उम्मेदवार बनेका छन् । प्रदेशमा रामसरोज प्यानललाई विमलेन्द्र निधी र शेखर कोइराला समूहको समर्थन छ । नरेश भने शेखर कोइराला पक्षका छन् ।

प्रदेशमा दुई महामन्त्री निर्वाचित हुनेछन् । सोही कारण रामसरोजको प्यानलबाट सर्लाहीका हरेराम महतो पनि महामन्त्रीका उम्मेदवार बनेका छन् । उनी विमलेन्द्र निधी समूहबाट उम्मेदवारी दिएको बुझिएको छ ।

यता, शेरबहादुर देउवा समूहबाट प्रदेश सभापतिमा कृष्णा यादव उम्मेदवार बनेका छन् । उनको प्यानलबाट सिरहाकै उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ महामन्त्रीका उम्मेदवार बनेका हुन् ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार २०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ