एसईई परीक्षा चैत वा वैशाखमा गर्ने तयारी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रूपमा चैत वा वैशाखमा गर्ने तयारी गरेको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र ०७६ र ०७७ मा विद्यालयले गरेको मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । तर, विद्यालयले मूल्याङ्कन गर्दा शिक्षकले जथाभावी नम्बर दिएकाले भौतिक रूपमै परीक्षा गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।

परीक्षा नियन्त्रक रुद्र अधिकारीले एसईई केन्द्रले नै लिने र तयारी गरिरहेको बताए । परीक्षाको मिति भने बोर्डले तय गरेको छैन । अन्य केही कारणले रोकिएन भने र अहिलेकै स्थिति रहेमा परीक्षा समयमै हुने परीक्षा नियन्त्रक अधिकारीको भनाई छ ।

‘मिति पछि तय गर्छौं । यो ठूलो कुरा होइन । परीक्षा समयमै हुन्छ,’ बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले भने । परीक्षा चैतमै गर्ने बोर्डको तयारी भए पनि प्रश्नपत्र छपाइको काम अगाडि बढेको छैन । अघिल्लो वर्षकै प्रश्नपत्र प्रयोग गर्ने योजना भएकाले यो वर्ष प्रश्नपत्र छपाइमा हतार नगरिएको बोर्डको भनाइ छ ।

प्रकाशित : २०७८ पुष ७, बुधबार ०४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ