२६ सय निमावि शिक्षकका लागि विज्ञापन खुल्यो


काठमाडौं । शिक्षक सेवा आयोगले झण्डै २६ सय शिक्षक माग गरेर आवेदन खुला गरेको छ । आयोगले सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जनाका लागि आवेदन खुला गरेको हो ।

आयोगले सातवटै प्रदेशमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग गरेको हो । आउँदो १७ चैतमा लिखित परीक्षा हुने सूचनामा उल्लेख छ ।

सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् । ६ माघभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ । हेर्नुस् सूचना :

प्रकाशित : २०७८ पुष ७, बुधबार ०७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ