१५ सहसचिवको सरुवा, को कहाँ पुगे ? हेर्नुस्


काठमाडौं । सरकारले १५ सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार मन्त्री स्तरीय निर्णयबाट सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

मधेसी आयोगका लोकनाथ पौडेल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

यस्तै सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकी यमुना प्रधानलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै आदिवासी जनजाति आयोगका भोला दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अख्तियारका नीराजन घिमिरेलाई दलित आयोगमा सरुवा गरिएको बताईएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शङ्कर नेपाल प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका छन् ।

बाराको कलैया उपमहानगरपालिकाका तीर्थ चिलवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ध्रुव गैँडा बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका राजीव पोखरेल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । उनी कार्यरत सामान्य प्रशासन महाशाखामा मन्त्रालयकै अतिरिक्त समूहमा रहेका रघुराम विष्टलाई सरुवा गरिएको छ ।

प्रकाशित : २०७८ पुष ७, बुधबार २२:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ