जनकपुरमा कांग्रेस प्रदेश अधिवेशन: हिजो कुटाकुट, आज मतदान !


टुडेखोज, जनकपुरधाम । प्रदेश कांग्रेस २ अधिवेशनअन्तर्गत आज मतदान हुने भएको छ । हिजो हुने भनिएको मतदान आज हुन लागेको हो ।

निर्वाचन समितिले हिजो दिउँसो १ बजेबाट मतदान गर्ने समय तय गरेको थियो ।‌ मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन अधिकृत प्रह्लाद गौतमले मतदान आज बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी दिए । तर मतदान केहि बिलोगी सुरु हुने देखिएको छ । हिजो समयमा मतदान सुरु न भ एकै विषयमा कुटाकुट भएको थियो ।

सभापतिका उमेदवार कृष्णा राय यादवका अनुसार बुधवार सांझ दुवै समूहबीच आज बिहानदेखि मतदान गर्ने सहमति भएको छ । मतदान समयमा नभएपछि प्रतिनिधीहरु तीन दिनदेखि जनकपुरमा घेरिएका छन् ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार ०७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ