कांग्रेस प्रदेश २ अधिवेशन : अझै सुरु भएन मतदान, मतदानस्थलमा कडा सुरक्षा


जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन । बुधबार दुवै उम्मेदवार पक्षबीच झडप भएपछि बुधबार निर्वाचन स्थगित गरिएको थियो ।

प्रदेश निर्वाचन समिति बुधबार हुने भनिएको निर्वाचन मतपत्र पूरा नछपाएको भन्दै आज ८ बजेका लागि निर्वाचन तय गरिएको थियो । तर आज मतदानस्थलमा मतदाताहरुलाई समेत अहिलेसम्म प्रवेश दिइएको छैन ।

पदाधिकारी तथा सदस्यसहित ७२ पदका लागि निर्वाचन हुँदैछ । मतदानस्थलभित्र भने निर्वाचनको तयारी पूरा गरिएको छ ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार ०९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ