जनकपुरमा कांग्रेसको महासंग्राम : बल्ल सुरु भयो मतदान


जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत मतदान बल्ल सुरु भएको छ । विहान ८ बजे भनिएको मतदान करिब १० बजेबाट सुरु भएको हो ।

शेरबहादुर देउवा समूहका सभापति उम्मेदवार कृष्णा राय यादव र बिमलेन्द्र निधी- शेखर कोइराला समूहका सभापति उम्मेदवार रासरोज यादव सुरुमा मतदान गरेका छन् ।

बुधबार दुवै उम्मेदवार पक्षबीच झडप भएपछि बुधबार निर्वाचन स्थगित गरिएको थियो । आज मतदानस्थल जनकपुरको गोपाल धर्मशालामा कडा सुरक्षाको प्रबन्ध मिलाइएको छ।

पदाधिकारी तथा सदस्यसहित ७४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि १८० जना उम्मेदवार छन् । प्रदेशभरका १९८० प्रतिनिधीले मतदान गर्ने बुझिएको छ ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ