पर्सामा ५ लाखको जुत्ता चप्पल प्रहरीले समात्यो


पर्सा । जिल्लाको बिरगंज महानगरपालिका ११ स्थित श्रीपुरबाट सशस्त्र प्रहरीले करिब ५ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल बरामद गरेको छ ।

ना ४ च ७५१९ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा २८ कार्टुन जुत्ता चप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले बरामद गरेको हो । जुत्ता चप्पल छाडेर तस्कर भने भागेका छन् ।

बरामद जुत्ता चप्पल आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । पछिल्लो समय प्रदेश २ मा तस्करी मौलाएको छ ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार १२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ