काँग्रेस प्रदेश २ : मतदान सकियो, कति खस्यो मत ? हेर्नुस्


जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयन गर्न जनकपुरको गोपाल धर्मशालामा भएको मतदान मतदान सम्पन्न भएको छ ।

विहान ८ बजे निर्धारित मतदान प्रक्रिया ९ बजेर ४० मिनेटमा सुरु भएको थियो । साँझ ८ बजेसम्म भएको मतदानमा १ हजार ८८१ मत खसेको बुझिएको छ । कुल मतदाता १ हजार ९३८ थियो ।

धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिले जनाएको छ । अवेर रातिबाटै मतगनणा सुरु हुने बताइएको छ ।

प्रकाशित : २०७८ पुष ८, बिहीबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ