जनकपुर : काँग्रेस प्रदेश २ सभापतिको मतगनणा सुरु


सिबेन्द्र रोहिता, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापति पदको मतगनणा सुरु भएको छ । आज विहान करिब पोने दुई बजेबाट मतदान सुरू भएको हो ।

बिहीवार राति ८ बजे मतदान सकेपछि निर्वाचन समितिले राति २१ बजेदेखि नै मतगनणा सुरु हुने बताएको थियो । तर झण्डै तीन घण्टा ढिलो मतगनणा सुरु भएको छ ।

प्रदेश निर्वाचन समितिका अनुसार १ हजार ९३८ मतदाता रहेकोमा १ हजार ८८१ मत खसेको छ । ५७ जना प्रतिनिधीले मात्र भोट खसाएनन् ।

प्रदेश सभापतिमा रामसरोज यादव र कृष्णा राय यादव उम्मेदवार छन् । प्रदेशमा मन्त्री समेत रहेका रामसरोजलाई बिमलेन्द्र निधी-शेखर कोइराला समूहको समर्थन छ ।

यता कृष्णा रायलाई कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन छ । मतगनणा स्थलमा कडा सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार ०२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ