सभापतिमा जितेपछि यादवले भने- प्रदेश २ लाई काँग्रेसमय बनाउँछु


सिबेन्द्र रोहिता, जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ सभापतिमा निर्वाचित कृष्ण राय यादवले जानकी मन्दिरमा पूजापाठ गरेका छन् । उनले निर्वाचित भएलगत्तै मन्दिर पूगेर माता जानकीको दर्शन गरेका हुन् ।

उनले विजयीलाई सहज रुपमा लिएको भन्दै आफू यस प्रदेशमा काँग्रेसको अभिभावकत्वमा भूमिका निर्वाह गर्ने बताए । शेरबहादुर देउवा प्यानलबाट निर्वाचित रौतहटका उनले प्रदेश २ लाई काँग्रेसमय बनाउने पनि बताएका छन् ।

उनले काँग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई हराएका हुन् । रामसरोज बिमलेन्द्र निधी र शेखर कोइराला समूहको समर्थनमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार ०९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ