नेपाल प्रहरीका SSP यादव मृत भेटिए


काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् ।

प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार १३:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ