अबको चुनावमा विदेशबाटै भोट खसाउन पाइने !


काठमाडौं । निर्वाचन आयोगले विद्युतीय मतदानका लागि तयारी थालेको छ । विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ आयोगले विद्युतीय मतदानको तयारी थालनी गरेको हो ।

नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने आयोगको योजना छ । आयोगका सचिव गोकर्णमणि दुवाडी का अनुसार विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् ।

यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो । सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल भएको बताइन्छ ।

नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताए ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार १५:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ