प्रदेश २ मा ओली र माधव नेपाल पार्टीको एउटै बोली, प्रदेशको नाम- जानकी !


जनकपुरधाम । केपी ओलीको पार्टी नेकपा एमाले र माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादीले प्रदेश २ को नाम जानकी प्रदेश राख्न प्रस्ताव गरेको छ । ओली र नेपालबीच चरम मदभेद रहेपनि प्रदेश २ मा एक भएको हो ।

बिहीबारको बैठकमा नेकपा एकिकृत समाजादीले पनि जानकी नाम नै प्रस्ताव गरेको थियो । आज एमालेकी सांसद सारदा देवी थापाले प्रदेश २ नामकरणको लागि जानकी नाम प्रस्ताव गरेकी छन् ।उनले तत्कालीन नेकपाले जानकी नाम प्रस्ताव दर्ता गराएको हुनाले सोही नाम फेरी प्रस्ताव गरेको बताइन् ।

“तत्कालीन नेकपाबाट हामीले जानकी नामको प्रस्ताव दर्ता गराएका थियौं,” सांसद थापाले भनिन्, “अव पार्टी दुईवटा भयो । नेकपा एसले हिजो नै अगाडि बढाउँदा हामी केही समय अलमलमा पर्यौं । तर, अब हामीले पनि जानकी नाम नै प्रस्ताव गर्छौं ।”

महिलालाई पनि सम्मान हुने गरी जानकी नाम अगाडि सारेको उनको भनाइ छ । नेकपा एमालेकै साँसद किसोरी साह कमलले उक्त प्रस्तावको सर्मथन गरे । बिहीबारको बैठकमा नामकरणको लागि चारवटा प्रस्ताव दर्ता भएको थियो ।

जसपा, लोसपा र माओवादी केन्द्रले मधेस नामको प्रस्ताव गरेका छन् भने कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव अगाडि बढाएका हुन् । जसपा र लोसपा दुबै दलले प्रदेशको नाम मधेस राख्न सहमती जुटाउने भन्दै बार्ता टोली समेत बनाएको छ ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ