लहानमा प्याव्सनको जिल्ला अधिवेशनको उद्घाटन सकियो, बन्द शत्र जारी


संजय विश्वकर्मा, लहान । लहानमा निजी तथा आवासीय विधालय अर्गनाईजेशन नेपाल प्याव्सन, सिरहाको जिल्ला अधिवेशन चलिरहेको छ ।

प्याव्सनका जिल्ला अध्यक्ष लालबाबु रायको अध्यक्षता तथा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीको प्रमुख आतिथ्यमा कार्यक्रमको उदघाटन गरिएको थियो । अधिवेशनले १० जना नयाँ कार्यसमिति बिस्तार गर्ने छ । सहमतिमा समिती गठन गर्ने प्रयास भैरहेको आयोजकले जनाएको छ ।

सहमतिमा नयाँ समिती चयन हुन नसकेको खण्डमा निर्वाचन हुने प्याव्सन प्रदेश नम्बर – २ अध्यक्ष मुरारी प्रसाद साहले बताए । प्याव्सन सिरहामा १ सय २८ जना मतदाता रहेको छ ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ