जनकपुरमा घर अगाडीबाटै बच्चा गायब पार्ने ठाकुर पक्राउ


टुडेखोज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुरस्थित घर अगाडीबाटै १४ महिने बालक गायक पार्ने एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा २५ वर्षीय सुरेश ठाकुर छन् । भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई ठाकुर जनकपुरधामको पुलचोकमा डेरा लिएर बस्दै आएका थिए ।

बुधवार साँझ मनहरपुरका रासलाल मुखियाको घर अगाडीबाट १४ महिने छोरा कृष्ण मुखियालाई गायक गरेको आरोपमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी बालक लिएर भारततर्फ भाग्दै गर्दा बिहीवार अपरान्ह् नगराइनबाट पक्राउ परेका हुन् ।

बच्चालाई उद्धार गरेको र ठाकुरलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले घटना विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ